काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ २३ र २४ गतेका जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण कार्य छिटो सम्पन्न गरी विवरण पठाउन सम्बन्धित निकायहरूलाई परिपत्र गरेको छ।
मन्त्रालयका अनुसार मन्त्रीस्तरबाट साउन २४ गते स्वीकृत “जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२” अनुसार प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी ८ सदस्यीय जिल्ला स्तरीय वर्गीकरण तथा सहजीकरण समिति गठन गर्ने व्यवस्था गरिएको छ।
त्यसअनुसार गृह मन्त्रालयले साउन २५ गते सबै जिल्ला प्रशासन कार्यालयहरूलाई घाइतेहरूको वर्गीकरण कार्य तत्काल सम्पन्न गरी स्वास्थ्य मन्त्रालयमा रहेको प्राविधिक समितिमा वर्गीकरणसहितको विवरण पठाउन निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जिल्लास्थित अस्पताल प्रमुख, विशेषज्ञ चिकित्सक र स्वास्थ्य कार्यालय प्रमुखहरूलाई वर्गीकरण कार्यमा सक्रिय सहयोग र समन्वय गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ कार्तिक २०८२, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन
जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
जेनजीसँगको वार्तापछि सामान्य बन्दै सिमरा