एजेन्सी । बंगलादेशमा शुक्रबार बिहान गएको भूकम्पमा परी मृत्यु भएकाको संख्या १० पुगेको छ।
बीबीसी बंगलाका अनुसार शुक्रबार बिहान स्थानीय समय १०:३० बजेतिर बंगलादेशको राजधानी ढाका र अन्य धेरै क्षेत्रमा गएको भूकम्पमा ४५० जनाभन्दा बढी घाइते भएका छन्।
ढाकाबाट करिब ३० किलोमिटर टाढा नरसिंदी जिल्लालाई केन्द्रबिन्दु बनाएर शुक्रबार गएको भूकम्प ५.७ म्याग्निच्युड थियो।
भूकम्पका कारण ढाकामा ४ जना, नरसिंदीमा ४ जना र नारायणगन्जमा १ जनाको मृत्यु भएको हो।
बंगलादेशको विपद् व्यवस्थापन विभागका निताई चन्द्र दे सरकारले बीबीसी बंगलालाई बताएअनुसार ४५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
भूकम्पका कारण नरसिंदीमा १०० भन्दा बढी भवन चर्किएका छन् भने ढाकामा १४ वटामा क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ मंसिर २०८२, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी