हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवा स्थित कान्तिलोकपथमा आज बिहान औषधि बोकेको ट्रक पल्टिँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
बिहान करिब ५ बजेतिर वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना.३ ख ३१९२ नम्बरको ट्रक ब्रेक फेल भएर अनियन्त्रित भई सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय ठिंगनले जनाएको छ।
दुर्घटनामा बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१ निवासी ट्रक चालक ४० वर्षका बिनोद माझी सकुशल रहेका प्रहरीले जनाएको छ। उनी प्रहरी सम्पर्कमा छन्।
ट्रकमा औषधि लोड रहेको र सडककै बीचमा पल्टिएको कारण यातायात पूर्णरूपमा रोकिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा इप्रका ठिंगनका प्रहरी सहायक निरीक्षक रमाकान्त प्रसाद यादवको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली खटिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ मंसिर २०८२, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला