पदोन्नति नहुँदा अध्ययनमै केन्द्रित कर्मचारी

पत्रपत्रिकाबाट

शुक्रबार, ०५ मंसिर २०८२, ०७ : ३६
पदोन्नति नहुँदा अध्ययनमै केन्द्रित कर्मचारी

काठमाडौ । निजामती कर्मचारीमा नियमित वृत्तिविकास नहुँदा कर्मचारी बिदा लिएर वा कार्यालय समयमा नै पढेर बस्न बाध्य भएका छन् ।

कतिपय कर्मचारी बिदा लिएर लोक सेवा आयोगको परीक्षाको तयारीमा जुटेका छन् भने कतिपय कर्मचारी कार्यकक्षमै बसेर पढ्ने गरेका छन् । कर्मचारीको पढ्नमै अर्जुनदृष्टि हुँदा सेवाप्रवाहमा समेत प्रतिकूल प्रभाव पर्न सक्ने देखिएको छ । 

यसअघि आठदेखि १० वर्षमा हुने निजामती कर्मचारीको नियमित बढुवा अहिले १५ वर्षसम्म पनि नहुँदा कतिपय निजामती कर्मचारी लोक सेवा आयोगले विभिन्न समयमा खुलाउने खुला तथा आन्तरिक प्रतिस्पर्धाका लागि कार्यकक्षमै र बिदामा बसेर परीक्षाको तयारी गर्न बाध्य छन् । परीक्षा तयारीले काममा बाधा नपरेको दाबी गरिए पनि कर्मचारी बिदामा बस्दा काममा चाप पर्न सक्ने छ । 

सचिव र सहसचिव पदमा धेरै कर्मचारी हुँदा नयाँ नियुक्ति हुने शाखा अधिकृतका लागि सचिवसम्म पुग्ने बाटो नै ‘ब्लक’ भएको छ । यसले पनि कतिपय कर्मचारी कार्यालयमा नै बसेर र बिदा लिएर पढ्ने गरेका हुन् ।  

छदेखि सात वर्षमा एक तह बढुवा हुने स्थिति हुँदा भने कर्मचारी बढुवाकै लागि कार्यालय समयमा परीक्षाको तयारी गरेर बस्ने अवस्थाको अन्त्य हुने थियो । लोक सेवा आयोगले हरेक वर्ष खुला र आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरेको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस