काठमाडौँ । नेकपा एमालेले आज काठमाडौँ कार्यक्रम गर्ने भएको छ। एमालेको नेसनल भोलिन्टियर फोर्सले बिहान ११ बजे कार्की ब्यांक्वेटमा कार्यक्रम गर्ने भएको हो ।
बबरमहलमा भेला भएर माइतीघर हुँदै बबरमहल र त्यहाँबाट बानेश्वर जाने कार्यक्रम रहेको फोर्सले जनाएको छ ।
कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली रहनेछन् । एमालेले कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई जानकारी गराइसकेको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कार्यक्रमका लागि निवेदन आएको भएपनि त्यसबारे विचाराधीन नै रहेको बताए।
त्यसैगरी शनिबार प्रदर्शनीमार्गमा एमाले बागमती प्रदेश कमिटीले अर्को कार्यक्रम आयोजना गर्ने बताएको छ। त्यस दिन शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा कार्यक्रम गर्ने भनिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ मंसिर २०८२, ०७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, के छन् छलफलका एजेन्डा ?
एमालेले सूचना प्रविधि र सामाजिक सञ्जाललाई मुख्य हतियार बनाउने
प्रतिनिधि सभा चुनावका लागि एमालेबाट चितवन-३ मा शंकर थपलिया सिफारिस
केपी ओली र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार