काठमाडौँ। नेकपा एमालेले महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गरेको छ ।
आज बसेको पार्टीको सचिवालय बैठकले ११ औँ महाधिवेशनका लागि प्रतिनिधि व्यवस्थापन समितिमा काशीनाथ अधिकारीलाई संयोजक र माधव ढुंगेल सचिव तय गरेको छ ।
जनपरिचालनका लागि प्रदीप ज्ञवाली संयोजक र राजन भट्टराई सचिव, आवास व्यवस्थापनका लागि छविलाल विश्वकर्मा संयोजक र लालबाबु पण्डित सचिव तोकिएको छ ।
यस्तै लेखाराज भट्ट संयोजक र भीष्म अधिकारी रहेको खाद्य व्यवस्थापन समिति, गोकर्ण विष्ट संयोजक र रचना खड्का सचिव रहेको यातायात व्यवस्थापन समिति, रघुवीर महासेठ संयोजक र महेश बर्तौला सचिव रहेको अतिथि सत्कार समिति गठन भएको उनले बताए ।
यस्तै भानुभक्त ढकाल संयोजक र विनोद पाण्डे सचिव रहेका स्वयम सेवक परिचालन समिति, पद्मा अर्याल संयोजक र राजेन्द्र गौतम सचिव रहेको प्रचार समिति, विनोद श्रेष्ठ संयोजक र लोकबहादुर भण्डारी सचिव रहेको मञ्च व्यवस्थापन समिति गठन भएको छ ।
यस्तै, कृष्ण गोपाल श्रेष्ठ संयोजक र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष सचिव रहेको स्वास्थ्य समिति, विष्णु रिमाल संयोजक र विना श्रेष्ठ सचिव आर्थिक समिति बनाइएको उनले बताए ।
१) प्रतिनिधि व्यवस्थापन समिति : संयोजक: काशीनाथ अधिकारी, सचिव: माधव ढुंगेल,
२) जनपरिचालन समिति : संयोजक: प्रदीप ज्ञवाली, सचिव: राजन भट्टराई
३) आवास व्यवस्थापन समिति : संयोजक: छविलाल विश्वकर्मा, सचिव: लालबाबु पण्डित
४) खाद्य व्यवस्थापन समिति : संयोजक: लेखाराज भट्ट, सचिव: भीष्म अधिकारी
५) यातायात व्यवस्थापन समिति : संयोजक: गोकर्ण विष्ट, सचिव: रचना खड्का
६) अतिथि सत्कार समिति : संयोजक: रघुवीर महासेठ, सचिव: महेश बर्तौला
७) स्वयम्सेवक परिचालन समिति : संयोजक: भानुभक्त ढकाल, सचिव: विनोद पाण्डे
८) प्रचार समिति : संयोजक: पद्मा अर्याल, सचिव: राजेन्द्र गौतम
९) मञ्च व्यवस्थापन समिति, संयोजक: विनोद श्रेष्ठ, सचिव: लोकबहादुर भण्डारी
१०) स्वास्थ्य समिति : संयोजक: कृष्ण गोपाल श्रेष्ठ, सचिव: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष
११) आर्थिक समिति : संयोजक: विष्णु रिमाल, सचिव: विना श्रेष्ठ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ मंसिर २०८२, २१ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह