काठमाडौ । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका दललाई पाँच सय जनाको हस्ताक्षर पुर्याउन हम्मे हम्मे परेको छ । दल दर्ताका लागि निवेदन दिएका अधिकांश प्रस्तावित दलले सो प्रक्रिया पूरा नगर्दा दर्ताको प्रमाणपत्र पाएका छैनन् ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले दल दर्ताका लागि कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धतापत्र र निजका नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर बुझाउनुपर्ने व्यवस्था गरेको छ । सो प्रक्रिया पूरा नगर्दा आयोगमा करिब २९ दलका दर्ता प्रमाणपत्र रोकिएका छन् ।
निर्वाचन आयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङले पाँच सय व्यक्तिको हस्ताक्षर प्रमाणित गर्न नसक्ने व्यक्ति वा समूहले कसरी दल सञ्चालन गर्छन् ? प्रश्न गरे । उनले भने, “सामूहिक प्रयासबाट देश र जनताको हितमा सामूहिक उद्देश्य प्राप्त गर्न दलमा व्यक्ति आबद्ध हुने हो । साधारण सभा र सम्मेलन गरेर दल दर्ताको अवधारणासहित प्रक्रियामा जाने हो । त्यत्ति पनि गर्न नसक्नेले दल कसरी सञ्चालन गर्न सक्छ ?”
दर्ता प्रक्रिया रोकिएका २९ मध्ये कतिपय दलले केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको सनाखतसमेत गराउन सकेका छैनन् । गोरखमापत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ मंसिर २०८२, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने
दलका नेता बनेपछि आङ्देम्बेले बोलाए पहिलो पटक विपक्षी दलहरुको बैठक
समानुपातिकमा दलहरुले छानेका यी हुन् ११० सांसद (नामसहित)
कुन दलले कति सिट जित्ला ?
मधेसी दलहरुको एकता समझदारी, तर अझै टुंग्गिएन पार्टी नाम, चुनाव चिन्ह्र र नेतृत्व