काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधि सभा पुनः स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन लिएर जाने भएको छ ।
एमालेबाट विघठित प्रतिनिधि सभामा रहेका सदस्यहरूको आजको बैठकले हस्ताक्षरसहित रिट निवेदन लिएर जाने निष्कर्ष निकालेको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । निवेदन दर्ताका लागि बर्तौला र सचेतक सुनिता बराललाई अख्तियारी दिइएको छ ।
एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनः स्थापनाका लागि कानुनी उपचार र शान्तिपूर्ण संघर्षमा जानुपर्ने धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ मंसिर २०८२, २१ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा चुनावमा गठबन्धन गर्नुपर्ने दबाबमा एमाले
एमालेका पूर्व सांसद वासुदेव घिमिरेले छाडे पार्टी
एमाले बैठकले ओलीलाई दियो समानुपातिकको बन्द सूची टुंग्याउने जिम्मा
एमाले सचिवालय बैठकको समय सर्यो
एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार र कार्यविभाजनबारे छलफल
एमालेले बोलायो सचिवालय बैठक