राष्ट्रिय सभा सचिवमा कँडेल नियुक्त

सफल खबर संवाददाता

मंगलबार, ०२ मंसिर २०८२, १५ : ३२
राष्ट्रिय सभा सचिवमा कँडेल नियुक्त

काठमाडौँ । राष्ट्रिय सभाको सचिवमा तुल कँडेल नियुक्त भएका छन्।

अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई राष्ट्रिय सभाको सचिव पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कँडेललाई आजै शपथ गराउने कार्यक्रम छ। अधिवक्ता कँडेल राष्ट्रिय सभाको सचिवमा पाँच वर्षका लागि नियुक्त भएका हुन् । राष्ट्रिय सभा सचिवबाट सुरेन्द्र अर्यालले राजीनामा दिएपछि रिक्त पदमा कँडेललाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस