काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)दोस्रो संस्करणको दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनायो ।
कर्णालीका ओपनर प्रियांक पन्चालले सर्वाधिक ९० रन बनाए । ४८ बलमा प्रियांकले ७ चौका र ६ छक्का प्रहार गरे। म्याक्स ओडाउडले २० र मार्क वाट १६ रनमा आउट भए । पवन सरार्फ २७ र नजिबुल्लाह जद्रान ४ रनमा अविजित रहे ।
बलिङमा चितवनका शोहिल तन्विर, रवि बोपारा र सैफ जैबले एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ मंसिर २०८२, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि एनपिएल : पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
सोमबारदेखि एनपिएल : पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
एनपिएल : विजेतालाई एक करोड दश लाख, उपविजेतालाई ५१ लाख प्रदान
एनपिएल विजेतालाई राष्ट्रपतिको बधाई
एनपिएलको पहिलो संस्करण आजबाट सुरू हुँदै