काठमाडौ । सवारी दुर्घटनामा परी झापामा एक महिलाको मृत्यु भएको छ। गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो।
गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नं को अटो धानलोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नं को मिनी ट्रकको पछाडि ठक्कर दिएको थियो।
दुर्घटनामा अटो चालक गौरादह–१ का ४८ वर्षीय मोहम्मद डोमा घाइते भएका थिए । उनको बायाँ हातमा चोट लागेको प्रहरी जनाएको छ।
सोही अटोमा सवार उनकी ३७ वर्षीया श्रीमती खातुन गम्भीर घाइते भएको र उपचारका क्रममा गएराति जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
उनको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ मंसिर २०८२, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
छाेराकाे कुटपिटबाट ६० वर्षीय बाबुकाे मृत्यु