कस्तो रहला आज देशभरको मौसम ?

सफल खबर संवाददाता

सोमबार, ०१ मंसिर २०८२, ०७ : २२
कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । केही स्थानमा बदली भए पनि आज देशभरको मौसम सफा रहनेछ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहँदा मौसम सफा रहने भएको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति देशभर मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस