आयोगले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका

सफल खबर संवाददाता

आइतबार, ३० कार्तिक २०८२, २० : ०८
आयोगले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले आइतबार पहिलो हुने निर्वाचित हुन् निर्वाचन प्रणाली प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार ६ माघमा उम्मेदवारी मनोनयन पत्र दर्ता रहेको छ । जसका लागि सोही दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन पत्र दर्ता गर्न सकिने छ भने सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गरिने छ ।

७ माघ बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस