काठमाडौँ । नेपाल प्रहरीले लागुऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री गर्ने चार जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी नायव निरीक्षक विचित्र मगरसहितको टोलीले भारतबाट खैरो हिरोइन ल्याएर राजधानी काठमाडौँलाई केन्द्र बनाई बिक्री दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
सप्तरी राजविराजका ३९ वर्षीय रविआनन्द देव, भारतको हरिपुरका २३ वर्षीय राजा कुमार, भारतको स्वस्तिकनगरका २१ वर्षीय देवेन्द्रकुमार शाह र मोरङका २९ वर्षीय पुष्प मगरलाई पक्राउ गरी सार्वजनिक गरिएको ब्युरोका सह प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्द्र भूषण यादवले जानकारी दिए ।
विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरिएको उनले बताए ।
सप्तरी राजविराजका देवको काठमाडौँ महानगरपालिका-१३ स्थित पनेरुगाउँको कोठाबाट २७२ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ । भारतीय नागरिक राजा र देवेन्द्रले स्कर्पियो गाडीमा भारतबाट खैरो हिरोइन ल्याएर बिक्री गर्न लागेको अवस्थामा चन्द्रागिरि नगरपालिकास्थित ढुंगे अड्डाबाट ५९२ ग्राम र मगरको साथबाट कोटेश्वर क्षेत्रबाट ९३ ग्राम बरामद गरिएको सह प्रवक्ता यादवले जानकारी दिए।
खैरो हिरोइन भारतबाट ल्याएर काठमाडौँमा केन्द्र बनाई कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको उनले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिमाथि लागुऔषध (नियन्त्रण), ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको सह प्रवक्ता यादवले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० कार्तिक २०८२, १९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा तीन जना पक्राउ
दुर्गा प्रसाईँ पक्राउबारे आम जनता पार्टीको आपत्ति
दुर्गा प्रसाईँ पक्राउबारे आम जनता पार्टीको आपत्ति
नौ सय ५५ केजी गाँजासहित दुई जना पक्राउ
विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ