काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ ।
पेरिसडाँडामा बसेको विभिन्न घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका पूर्वपदाधिकारीहरूको बैठकले सातै प्रदेशमा सन्देश सभा गर्ने आयोजना भएको हो ।
पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्न लागिएको बताएका छन् । यद्यपि कुन प्रदेशमा कहिले सभा गर्ने भन्नेबारे निर्णय लिन बाँकी रहेको उनले बताए ।
भोलि (सोमबार) बेलुकीसम्ममा कहाँ कहिले सभा गर्ने भन्नेबारे निर्णय लिइने उनले बताए ।
‘सातै प्रदेशमा सन्देश सभा गर्नका लागि हामी सबै पार्टीका नेताहरू समेत बसेर छलफल भएको छ । कहाँ कहाँ कहिले कहिले गर्ने भन्ने केही सुझाव आएका छन्,’ उनले भने, ‘९ गतेदेखि २०र२१ गतेसम्म प्रदेश, महत्त्वपूर्ण स्थान, जिल्लामा सन्देश सभाहरू गर्छौँ । आज त्यही विषयमा छलफल भएको हो ।’
त्यस्तै, अर्का नेपा बामदेव गौतमले पनि पार्टी एकताको सन्देश देशैभर पुर्याउने गरी सभा गर्न लागिएको जानकारी दिए ।
‘हामीले यो सन्देश दिन्छौँ, कि नेपालमा हामीले समाजवाद निर्माण गर्छौँ । नेपालको संविधानले परिकल्पना र निर्देशन गरेको समाजवाद हामीले निर्माण गरेर देशका जति पनि समस्या छन् त्यसको समाधान हामीले गर्छौँ,’ गौतमले भने ।
बैठकपछि अर्का नेता झलनाथ खनालले पनि समाजवादको बाटोमा अर्जुनदृष्टि बनाएर अघि बढ्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० कार्तिक २०८२, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग