काठमाडौँ । विभिन्न पार्टी मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दर्ता भएसँगै दल दर्ताको संख्या १२२ मा झरेको छ ।
तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लगायतका ५ दल एकीकरण भएर ५ वटै दल खारेज भएर नयाँ दल नेकपा दर्ता भएपछि १२६ दलबाट घटेर १२२ मा पुगेको हो ।
यस्तै थप एक दल नेपाल परिवर्तन पार्टी दर्ताको अन्तिम चरणमा प्रवेश गरेको र आयोगले निर्णय गरेपछि प्रमाणपत्र दिन सकिने अवस्थामा पुगेको आयोगले जनाएको छ ।
आयोग अनुसार किरण विकले नेतृत्व गरेर दल दर्ताका लागि निवेदन दिएको राष्ट्रिय जेन जेड पार्टीले निवेदन फिर्ता लिएको छ ।
आयोगका अनुसार आयोगमा दल दर्ताका लागि निवेदन दिने दलको संख्या ३० वटा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० कार्तिक २०८२, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगले दुःख दियो : रवीन्द्र मिश्र
समानुपातिकको बन्द सूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी
निर्वाचन आयोगमा काँग्रेसले बुझायो बन्द सूची
७ वटा दलले बुझाए समानुपातिकको सूची
समानुपातिक उम्मेदवारको बन्द सूची समयमै बुझाउन दलहरूलाई निर्वाचन आयोगको अनुरोध
तोकिएको जरिवाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज