जनकपुरधाम । जनकपुरमा आज पनि सातदलीय गठबन्धनका दलहरूले प्रदर्शन गरेका छन् । सरकार गठन र सभामुखविरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन् ।
अहिले उनीहरू प्रदेशसभा अगाडि प्रदर्शन गरिरहेका छन् ।सभामुख रामचन्द्र मण्डलविरुद्धको प्रस्ताव लिएर सांसदहरू पुगेको बेला हातपात भएको थियो । सो बीच सभामुख मण्डलले पाँच जना सांसदहरूलाई पदमुक्त गरेका थिए ।
उक्त कदमको विरोधमा सात दलीय मोर्चाले कार्यकर्ता उतारेर शनिबार जनकपुरमा प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ कार्तिक २०८२, १५ : १०
लेखकबाट थप