काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन्।
दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चार मन्त्री खरेलसँग नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले शुक्रबार आयोजना साक्षात्कार कार्यक्रममा मन्त्री खरेलले निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरे ।
“फागुन २१ मा निर्वाचन गर्छौं, निर्वाचनका लागि वातावरण बनिसकेको छ”, सञ्चार मन्त्री खरेलले भने, “भयरहित निर्वाचनका लागि सुरक्षाको वातावरण पनि बनिसकेको छ । नेपाल प्रहरीमा नयाँ नेतृत्व आएको छ । कुनै पनि राजनीतिक दलले निर्वाचनमा भाग लिन्नौँ भनेका छैनन् । केही दलले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउनुपर्छ भनेर चासो देखाएका छन् ।”
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्वाचनका लागि सरकार र राजनीतिक दलले वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचनसँगै सुशासन कायम, भ्रष्टाचार नियन्त्रण तथा रोजगारी र नवप्रवर्द्धन भएको उल्लेख गरे ।
मन्त्री खरेलले एआई र डिजिटल ट्रान्सफरमेसन नै नेपालको भविष्य भएको बताए । उनले डिजिटल रूपान्तरमा संसारको प्रतिष्ठित मुलुक कोरियाबाट ज्ञान, सीप अनुभव हासिल भएको तथा नेपालले भर्खरै राष्ट्रिय एआई केन्द्र स्थापना गरेको सन्दर्भमा एआईको विस्तारका लागि कोरिया सरकारबाट थप सहयोगको अपेक्षा गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ कार्तिक २०८२, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छ : सञ्चार मन्त्री खरेल
सञ्चार मन्त्री खरेलसँग गणतन्त्र कोरियाका राजदूत योङको शिष्टाचार भेट
सञ्चार मन्त्री खरेलसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
सञ्चार मन्त्री खरेलसमक्ष कार्ययोजना पेस
‘हुलाकको सार्थकता घटेको छैन’ : सञ्चारमन्त्री खरेल