एएफपी । मलेसिया-थाइल्यान्ड समुद्री सीमामा कागजातविहीन आप्रवासी बोकेको डुंगा गत हप्ता डुब्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको तथा १३ जनालाई उद्धार गरिएको अधिकारीहरूले मंगलवार बताएका छन् ।
सोमबार केदाह राज्यमा एक बच्चा, दुई पुरुष र दुई महिलासहित पाँच जनाको शव फेला परेको केदाह र पर्लिस राज्यका लागि मलेसियन मेरिटाइम एन्फोर्समेन्ट एजेन्सी (एमएमइए) का निर्देशक रोमली मुस्तफाले विज्ञप्ति मार्फत बताएका छन् ।
खराब मौसमका कारण स्थगित गरिएको खोजी कार्य मंगलबार देखि पुनः सुरु गरिएको उनले बताए ।
यस वर्ष मात्रै केदाह राज्यको प्रमुख पर्यटकीय गन्तव्य लांगकावी वरपर ४३६ आप्रवासीहरू पक्राउ भएको जनाउँदै उनीहरू यहाँ बस्नका लागि नभई देशका अन्य भागमा जानका लागि आएको बताएका छन् ।
यसैबीच, एमएमइएले सन् २०२० देखि सोही क्षेत्र हुँदै देशमा प्रवेश गर्न खोज्ने करिव एक हजार ३३३ अवैध आप्रवासीलाई रोकेको बताएको छ । सोही अवधिमा २४ जना क्याप्टेन र चालक दलका सदस्यहरूलाईसमेत नियन्त्रणमा लिइ हिरासतमा लिइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २५ कार्तिक २०८२, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वी लिबियामा डुंगा दुर्घटना, सात जनाको उद्धार, १७ जनाको मृत्यु
हिन्द महासागरमा प्रवासी सवार डुंगा दुर्घटना हुँदा २५० जना बेपत्ता
कंगोमा डुंगा दुर्घटनामा १०० भन्दा बढीको मृत्यु, १४६ बेपत्ता