एएफपी । मलेसिया-थाइल्यान्ड समुद्री सीमामा कागजातविहीन आप्रवासी बोकेको डुंगा गत हप्ता डुब्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको तथा १३ जनालाई उद्धार गरिएको अधिकारीहरूले मंगलवार बताएका छन् ।
सोमबार केदाह राज्यमा एक बच्चा, दुई पुरुष र दुई महिलासहित पाँच जनाको शव फेला परेको केदाह र पर्लिस राज्यका लागि मलेसियन मेरिटाइम एन्फोर्समेन्ट एजेन्सी (एमएमइए) का निर्देशक रोमली मुस्तफाले विज्ञप्ति मार्फत बताएका छन् ।
खराब मौसमका कारण स्थगित गरिएको खोजी कार्य मंगलबार देखि पुनः सुरु गरिएको उनले बताए ।
यस वर्ष मात्रै केदाह राज्यको प्रमुख पर्यटकीय गन्तव्य लांगकावी वरपर ४३६ आप्रवासीहरू पक्राउ भएको जनाउँदै उनीहरू यहाँ बस्नका लागि नभई देशका अन्य भागमा जानका लागि आएको बताएका छन् ।
यसैबीच, एमएमइएले सन् २०२० देखि सोही क्षेत्र हुँदै देशमा प्रवेश गर्न खोज्ने करिव एक हजार ३३३ अवैध आप्रवासीलाई रोकेको बताएको छ । सोही अवधिमा २४ जना क्याप्टेन र चालक दलका सदस्यहरूलाईसमेत नियन्त्रणमा लिइ हिरासतमा लिइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २५ कार्तिक २०८२, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कंगोमा डुंगा दुर्घटनामा १०० भन्दा बढीको मृत्यु, १४६ बेपत्ता