तनहुँ । तनहुँमा ट्रकले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको छ।
आइतबार साँझ शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित पृथ्वीराजमार्गमा दुलेगौंडाबाट खैरेनीटारतर्फ आउँदै गरेको ग.१ क १८४५ नम्बरको मिनि ट्रकले ठक्कर दिँदा ३७ वर्षीया महिलाको मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही ठाउँकी ३७ वर्षीया देवी तिवारी पौडेल रहेकी जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
बाटो क्रस गर्ने क्रममा ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनलाई उपचारको लािग जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटा लगिएको छ।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ कार्तिक २०८२, ०७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु