काठमाडौं । थापाथलीको ट्राफिक प्रहरी प्रभाग भत्काउन डोजरसहित महानगर प्रहरी त्यहाँ पुगेका छन् ।
राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग भत्काउन काठमाडौं महानगरपालिकाले डोजर पठाएको हो । अहिले त्यहाँ महानगर प्रहरीको बाक्लो उपस्थिति छ । सँगै नेपाल प्रहरीको टोली पनि परिचालित छन् ।
सम्पदा क्षेत्रमा संरचना बनाइएको भन्दै महानगरले ट्राफिक प्रहरी प्रभाग भत्काउन लागेको हो । काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले ट्राफिक प्रहरी प्रभाग भत्काउने विषयमा महानगरले कुनै समन्वय नगरेको बताए ।
‘हामीलाई केही पनि थाहा छैन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, १२ : २३
लेखकबाट थप