काठमाडौँ । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र गम्भीर सङ्कटमा परेको भन्दै अहिलेको समयलाई ‘साम्राज्यवाद र समाजवादी क्रान्तिबिचको टक्करको चरण’ का रूपमा व्याख्या गरेका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडामा आयोजित सहिद प्रतिष्ठान नेपालको साधारणसभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय सङ्कटका बाबजुद समाजवादी क्रान्तिको प्रारम्भिक सङ्केत देखिएको बताए।
प्रचण्डले नेपालको वर्तमान परिस्थितिलाई समाजवादी क्रान्तिको प्रारम्भिक सङ्केतका रूपमा व्याख्या गर्दै निराश हुनुपर्ने कारण नभएको बताए। उनले हालै भएका घटनाक्रमलाई उल्लेख गर्दै भने– ‘२३ र २४ का घटनाक्रमले देखाएको छ- क्रान्ति अब टाढा छैन, बरु नजिक आएको छ। जनताको असन्तुष्टि र आक्रोश सही ढङ्गले संगठित गर्न सके समाजवादी क्रान्ति छोटो समयमै सम्भव छ।’
उनले सम्बोधनको सुरुमा शहीद परिवार र बेपत्ता योद्धाका आफन्तहरूको भावनाको सम्मान गर्दै परिणाम ढिलो हुँदा आउने आक्रोशलाई ‘जिम्मेवारीको बोध’ का रूपमा लिएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ कार्तिक २०८२, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने