काठमाडौ । अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेको भन्दै स्थानीय प्रशासनले अत्यावश्यक काम नपरी नारायणगढ-मुग्लिन-मलेखु खण्डमा यात्रा नगर्न अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार साँझ सूचना जारी गर्दै नारायाण्ढ-मुग्लिन र पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा अत्यावश्यक काम नपरी यात्रा नगर्न अनुरोध गरेको हो।
वर्षासँगै बिहीबारदेखि नै यी सडकमा स-साना पहिरोहरू निरन्तर खसिरहेकाले अत्यावश्यकबाहेक सकरभर यात्रा नगर्न स्थानीय प्रशासनले भनेको छ।
हाल नारायणगढ-मुग्लिन सडकको तुइनभिर र पृथ्वीराजमार्गको मुग्लिन-मलेखु सडकका विभिन्न स्थानमा खसेको पहिरो हटाएर सवारी आवागमन सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।तथापि यो खण्ड पहिरोको उच्च जोखिममा पर्ने र पहिरो पनि खसिरहेकाले सकभर यात्रा नगर्न र गर्नैपरे सावधानी अपनाउन आग्रह गरिएको अर्यालको भनाई छ।
वर्षा निरन्तर भई पहिरोको जोखिम कायमै हुने अवस्था भएमा नारायणगढ-मुग्लिन र मुग्लिन-मलेखु खण्डमा कुनै पनि बेला सवारी आवागमन बन्द गर्न सकिने पनि उनले बताएका छन्। उक्त सडकमा यात्रा गर्नुपूर्व जानकारी लिएर मात्र गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
यात्रा गर्नपूर्व जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीको नम्बर ९८५५०१३९९९ र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखको ९८५५०१७०९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ कार्तिक २०८२, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला