नेपाल प्रवेश गर्दै बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात, नदीमा जलसतह बढ्ने विभागको भनाई

सफल खबर संवाददाता

मंगलबार, ११ कार्तिक २०८२, १६ : ५८
नेपाल प्रवेश गर्दै बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात, नदीमा जलसतह बढ्ने विभागको भनाई

काठमाडौँ । बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुन्द्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विभागले जनाएको छ ।

हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको मोन्था चक्रवात क्रमशः भारतको भू-भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका बाढी पूर्वानुमान शाखाले जनाएको छ।

यो प्रणालीले समुन्द्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर ल्याएकोले नेपालको विशेष गरी कोशी र मधेश प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

यसको प्रभाव बागमती प्रदेश र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि फैलिन सक्ने सम्भावना रहेको छ । उक्त चक्रवातको प्रभाव बिहीबार (कात्तिक १३ गते दिउँसोदेखि १५ गते शनिबार दिउँसो) सम्म रहने पूर्वानुमान छ । उक्त अवधिमा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको पनि बताइएको छ।

प्रतिक्रिया दिनुहोस