‘जेनजी आन्दोलनको उपलब्धि ओलीको ठाउँमा सुशीला आउनुभन्दा अरू भएन’ : माओवादी नेता तामाङ

सफल खबर संवाददाता

मंगलबार, ११ कार्तिक २०८२, १५ : १७
‘जेनजी आन्दोलनको उपलब्धि ओलीको ठाउँमा सुशीला आउनुभन्दा अरू भएन’ : माओवादी नेता तामाङ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले फागुन २१ मा निर्वाचन हुने वातावरण सरकारले बनाउन नसकेको बताएका छन् ।

मंगलबार एक अन्तरक्रिया कार्यक्रममा बोल्दै सामाजिक सञ्जाल सञ्चालन र भ्रष्टाचारको अन्त्य गर्नुपर्ने माग गरेर जेनजीहरूले गरेको आन्दोलनलाई सरकारले नजरअन्दाज गरेको कारण विध्वंस भएको बताएका छन् ।

जेनजी आन्दोलन छोटो समयमा भए पनि उपलब्धि खासै हुन नसकेको उनको बुझाइ छ ।

उनले भने, ‘जेनजी आन्दोलनको उपलब्धि खासै भएको देखिँदैन । प्रधानमन्त्री केपी ओली भएको ठाउँमा अहिले सुशीला कार्कीजी आउनुभएको छ । पुराना मन्त्रीहरू हटेका छन्, केही मन्त्रीहरू आउनुभएको छ ।’

०८४ सालमा गर्ने भनिएको आम निर्वाचनलाई २०८२ सालको फागुन २१ गते नै गर्ने भनिएको भन्दै राजनीतिक हिसाबले केही पनि परिवर्तन नभएको बताए । सरकारले चुनाव निष्पक्ष गराए माओवादीको विकल्प अरू नहुने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस