प्रतिस्पर्धात्मक निर्वाचन प्रणाली लोकतन्त्रको सुन्दर पक्ष : रामप्रसाद भण्डारी

सफल खबर संवाददाता

मंगलबार, ११ कार्तिक २०८२, १४ : ४६
प्रतिस्पर्धात्मक निर्वाचन प्रणाली लोकतन्त्रको सुन्दर पक्ष :   रामप्रसाद भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले लोकतन्त्रको सुन्दर पक्ष प्रतिस्पर्धात्मक प्रणालीबाट निर्वाचित भएर मुलुकमा सुशासन कायम गर्नु रहेको बताएका छन् ।

मंगलबार विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल दल दर्ता कार्यक्रममा बोल्दै भण्डारीले प्रतिस्पर्धात्मक प्रणालीमा प्रवेश गरेकोमा स्वागत गरे ।

‘लोकतन्त्रको सुन्दर पक्ष भनेको निर्वाचन वा स्वच्छ प्रतिस्पर्धात्मक प्रणालीबाट निर्वाचित भएर मुलुकमा सुशासन कायम गर्ने पद्धतिलाई मानिन्छ । कानुनको दायरा भित्र रहेर प्रतिस्पर्धा गर्न दल दर्ता गर्न आउनुभयो यहाँलाई स्वागत छ’, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस