चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीमा दाबेदारी प्रस्तुत गरेका ५ जनाले विपीन आचार्यलाई समर्थन जनाएका छन् ।
गणेश पराजुली, कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल प्रमोद न्यौपाने र जगदीश खरेलले सामूहिकरूपमा विपीनलाई समर्थन जनाउँदै भोट मागेका हुन् ।
महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पराजुलीले पार्टी हितका लागि आफूहरूले मनोनयन फिर्ता लिएको बताए । बाँकी उम्मेदवारहरूबीच स्वस्थ प्रतिस्पर्धा हुने उनको भनाइ छ ।
अब महामन्त्रीमा विपीनसहित राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल मैदानमा छन् । उनीहरूलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असार २०८३, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पद पाइनँ भने पार्टी छोडिदिन्छु भन्ने साथीहरूको बिगबिगी छ’: विपिन आचार्य
‘सांसद बोल्ने, सरकार नसुन्ने यो परम्परा अब अन्त्य हुनुपर्छ’ : विपिन आचार्य