काठमाडौँ। नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधि सभा असंवैधानिक रूपमा विघटन भएको बताएका छन्।
भ्रातृ संगठन नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारबाट असंवैधानिक रूपमा प्रतिनिधि सधा विघटन भएको बताएका हुन्।
‘प्रतिनिधि सभा असंवैधानिक तवरले विघटन भयो,’ खड्काले भने, ‘यस सेरोफेरोमा हामी तरुण दलको स्थापना दिवस मनाउँदै छौँ।’ उनले जेनजी आन्दोलनका कारण मुलुक अप्ठ्यारोमा परेका बेला आगजनीबाट क्षतिग्रस्त शीतल निवासको आँगनमा बसेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको रक्षा गरेको पनि बताए।
‘संविधान जोगाउन धेरै ठुलो अप्ठ्यारो भयो। राष्ट्रपति रामचन्द्र पौडेलले जलेको शीतल निवासको आँगनमा बसेर जीवनको लामो अनुभव र जनतालाई केन्द्रमा राखेर संविधानको रक्षा गर्ने काम गर्नुभयो,’ कार्यवाहक सभापति खड्काले भने।
खड्काले तरुण दललाई अत्यन्त जुझारुपनका साथ तर अनुशासन भएर सिंगो देश र नागरिकको रक्षाका लागि एकताबद्ध हुन आग्रह गरे।
सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि प्राण लिने गरी आक्रमण भएको जिकिर गर्दै उनले भने, ‘देशैभरि नेताका घर खरानी बनाइए। यो पृष्ठभूमिमा तरुण दलको स्थापना दिवस मनाउँदै छौँ। यो क्षणमा सबै तरुण साथीहरूलाई अनुरोध गर्न चाहन्छु-अत्यन्त जुझारुपनका साथ तर अनुशासन भएर धैर्यता संयमता र जिम्मेवारी भएर सिंगो देश र नागरिकको रक्षाका लागि एकता हुनुछ। तरुणहरू संगठित हुनुछ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० कार्तिक २०८२, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीभित्र संवादहीनता र सदस्यता विवादप्रति पूर्णबहादुर खड्काको आपत्ति
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध पूर्णबहादुर खड्काको आपत्ति
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने