काठमाडौँ । नक्कली पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका-४ घर भएका २९ वर्षीय निमा तामाङ छन् । उनलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
गोकर्णेश्वर नगरपालिका-८ माकलबारीस्थित जेएमसी कलेज अगाडि जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरी प्रभाग गोकर्णमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० कार्तिक २०८२, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ
डीएसपी मधु नेपाल पक्राउ
स्रोत नखुलेको नगदसहित एक जना पक्राउ