कांग्रेसको विवाद मिलाउन शेखर कोइरालाको नयाँ फर्मुला

महामन्त्रीद्वयको आरोप- शेखर पनि देउवातिर मिल्न खोज्दैछन्

सफल खबर संवाददाता

सोमबार, १० कार्तिक २०८२, ०८ : ४५
कांग्रेसको विवाद मिलाउन शेखर कोइरालाको नयाँ फर्मुला

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्ष र महामन्त्रीद्दयका दुई खेमाले पार्टीको महाधिवेशन कस्तो र कहिले भन्ने विषयलाई प्रतिष्ठाको विषय बनाउन थालेपछि शेखर कोइरालाले विवाद मिलाउन नयाँ र्फमुला अगाडी सारेका छन् । 

उनले विशेष महाधिवेशनको बाटोमा नजाने, मंसिर मसान्तसम्म क्रियाशिल सदस्यता विवाद मिलाउने गरी कार्यतालिका ल्याउने र महाधिवेशन फागुन २१ मा चुनाव हुने भए पछि सार्न सकिने गरी मझधारमा रहेर विवाद मिलाउने नयाँ फर्मुला अगाडी सारेका हुन् । 

उनले यसो गर्दा पार्टीभित्र देखिन खोजेको विभाजनको विउ रोकिने बताउन थालेका छन् । तर त्यसका लागि अव कात्तिक १३ मा बस्ने पार्टी केन्द्रीय समितिको बैठकमा नै नियमित महाधिवेशनको कार्यतालिका भने ल्याउनु पर्ने तर्क अगाडी सारेका छन् ।

महामन्त्रीद्दयले भने संस्थापनले केन्द्रीय समितिको बहुमतका आधारमा नियमित वा विशेष महाधिवेशनका बारेमा कुनै निर्णय नलिएमा राष्ट्रिय भेला बोलाउनेसम्मको तयारी गरेको छ ।संस्थापन पक्षले बहुमतका आधारमा महाधिवेशन भन्दा कार्यकाल थप गर्ने र महामन्त्रीद्दयले राष्ट्रिय भेला बोलाउने दिशामा कांग्रेसको आन्तरिक किचलो प्रवेश गरेमा पार्टी विभाजन हुनसक्ने ठम्याईमा शेखर कोइराला छन् । 

काग्रेसको केन्द्रीय समितिमा सस्थापन पक्ष (देउवा पक्ष) झण्डै दुई तिहाई बहुमतमा छन् । सस्थापन पक्षले कार्यावाहक सभापति पूर्णवहादुर खड्काको उपस्थितीमै शनिबार सानेपाको सिद्दार्थ होटलमा गुटीय बैठक बसेर विशेष महाधिवेशनमा जानै नसकिने, मंसिर अगाडी नियमित महाधिवेशन पनि आयोजना गर्न नसकिने र कार्यसमितिको कार्यकाल एक वर्ष थप गरेरै जानुपर्ने निश्कर्ष निकालेको थियो । 

तर पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहका नेताहरू आगामी मंसिरमै नियमित महाधिवेशन नभएमा विशेष महाधिवेशनमा जानुपर्ने अडानमा छन् । आफुपक्षिय नेता गुरुराज घिमिरे लगायतलाई अगाडी सारेर उनीहरुले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन कार्यवाहक सभापतिलाई पत्र बुझाईसकेका छन् । 

कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने ब्यवस्था छ । तर, त्यसलाई सस्थापन पक्षले कुनै सुनुवाई नगर्ने , महामन्त्रीद्दयले यसमा अडडी लिएमा हस्ताक्षरको बैधानिकता जाँच लगायतको कुरा उठाएर टार्ने मनस्थिती बनाएको छ । 

महामन्त्रीद्दयले भने संस्थापनले केन्द्रीय समितिको बहुमतका आधारमा नियमित वा विशेष महाधिवेशनका बारेमा कुनै निर्णय नलिएमा राष्ट्रिय भेला बोलाउनेसम्मको तयारी गरेको छ । संस्थापन पक्षले बहुमतका आधारमा महाधिवेशन भन्दा कार्यकाल थप गर्ने र महामन्त्रीद्दयले राष्ट्रिय भेला बोलाउने दिशामा कांग्रेसको आन्तरिक किचलो प्रवेश गरेमा पार्टी विभाजन हुनसक्ने ठम्याईमा शेखर कोइराला छन् । 

सोही कारण उनले मझधारमा बसेर विवाद मिलाउने नयाा फर्मुला अगाडी सारेका हुन् । त्यसका लागि उनले कात्तिक १३ को केन्द्रीय समिति बैठकमा नियमित महाधिवेशनको कार्यतालिका ल्याउन प्रस्ताव गरेका हुन् । महामन्त्रीद्दयले भनेजस्तो मंसिर अन्तिमसम्म महाधिवेशन नै सम्पन्न गरिसक्ने गरी कार्यतालिका भन्दा पनि मंसिर अन्तिमसम्म क्रियासिल सदस्यता विवाद मिलाईसक्ने गरी कार्यतालिका ल्याउने गरी नयाँ फर्मुला अगाडी सारेका हुन् । 

त्यसो भएमा फागुन २१ मा चुनाव भए चुनावी तयाीमा जाने र महाधिवेशन गर्ने , चुनाव नभए थप कार्यतालिका बनाएर महाधिवेशनमा जाने गरी अगाडी बढ्नुपर्ने कोइरालाको प्रस्ताव छ । तर चुनाव अगाडी महाधिवेशन नगर्दा आगामी चुनावमा पनि संस्थापन पक्ष (देउवा पक्ष)ले टिकट वितरण लगायतमा एकलौटी गर्ने र आफुहरुलाई कर्नरमा पर्नसक्ने जोखिम ठानेका छन् । तर कोइरालाले टिकट वितरण सामुहिक निर्णयका आधारमा गर्ने विधिमा जानसक्ने प्रस्ताव गरेका छन् । 

मझधारमा बसेर शेखर कोइरालाले विवाद मिलाउन अगाडी सारेको यस्तो फर्मुलापछि महामन्त्रीद्दयले शेखर कोइराला पनि देउवा पक्षसँग मिल्न थालेको आरोप लगाएका छन् । ‘उहाँ (शेखर कोइराला) पनि अव क्रमशः देउवा पक्षतिरै मिल्न जान खोजिरहनु भएको छ । त्यसका लागि उहाँ पहिले विशेष महाधिवेशनको पक्षमा देखिनु भएको थियो । तर जव सभापतिले कार्यवाहक सभापति तोक्नुभयो, त्यसपछि उहाँ संस्थापनतिर ढल्किन थाल्नुभएको छ,’ महामन्त्रीद्दयले अहिले आफु निकट नेताहरुसँग भन्न थालेका छन् ।  

आफुलाई महामन्त्रीद्दयले देउवातिर लागेको आरोप लगाउन थालेको कुरा स्वयम शेखरले पनि खुलासा गरेका छन् । उनले एक दैनिक पत्रिकालाई अन्तवार्ता दिँदै आफुले विवाद मिलाउन नयाँ प्रस्ताव राख्दा देउवातिर लागेको आरोप लागेको तर आफु पार्टी विभाजन रोक्न र विवाद मिलाउन मझधारमा रहेर काम गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस