काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको स्थलगत अनुगमन गरेका छन् ।
मन्त्री घिसिङ, शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल,शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनलगायत सम्मिलित टोलीले निर्माणस्थलको अनुमगन गर्नुकासाथै निर्माण सम्पन्न हुन समय तालिकाका विषयमा छलफल गरेको थियो ।
संसद भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोजमा ठेक्का सम्झौता भएको थियो।
पाँचौपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी १६ पुसमा सकिँदैछ। आयोजनाको सिभिललगायतका संरचना निर्माणको प्रगति करिब ८७ प्रतिशत रहेको छ। इन्टेरियर, सुरक्षा प्रणालीलगायतका काम गर्न २०८०मा अर्को ठेक्का सम्झौता भएको थियो ।यसप्याकेजको निर्माण प्रगति ३० प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ कार्तिक २०८२, १७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री घिसिङले भने : ‘कर्मचारीका कारण ठेक्का रुग्ण भए
ट्रली बस सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न मन्त्री घिसिङको आग्रह
‘५० वर्षे गुरुयोजना बमोजिम काठमाडौँमा शहरीकरण अगाडि बढ्छ’: मन्त्री घिसिङ
नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई मन्त्री घिसिङको आह्वान
बाहिर हल्ला भएजस्तो म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन:मन्त्री घिसिङ
मन्त्री घिसिङसँग नेपालका लागि जर्मनीका राजदूतको भेट