गुल्मी । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका-२ राक्सेमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।
कात्तिक ७ गते राति करिब १० बजे बुटवलबाट बागलुङतर्फ जाँदै गरेको मोटरसाइकल आफैं पल्टिँदा चालकको साथमा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बागलुङ नगरपालिका-२ रुद्रपिपल बस्ने ३२ वर्षीय मनोज प्रधानले चलाएको ध१प ५५८२ नम्बरको १२५ सिसीको होण्डा साइन मोटरसाइकल दुर्घटनामा परेपछि स्थानीयले उद्धार गर्ने क्रममा उनको झोलामा कालो प्लास्टिकमा राखिएको लागुऔषध देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले मनोजको साथबाट ३० एम्पुल डाइजेपाम, ३२ एम्पुल फेनार्गन र ३२ एम्पुल नै बुप्रेनोर्फिन बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ कार्तिक २०८२, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ