गुल्मी । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका-२ राक्सेमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।
कात्तिक ७ गते राति करिब १० बजे बुटवलबाट बागलुङतर्फ जाँदै गरेको मोटरसाइकल आफैं पल्टिँदा चालकको साथमा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बागलुङ नगरपालिका-२ रुद्रपिपल बस्ने ३२ वर्षीय मनोज प्रधानले चलाएको ध१प ५५८२ नम्बरको १२५ सिसीको होण्डा साइन मोटरसाइकल दुर्घटनामा परेपछि स्थानीयले उद्धार गर्ने क्रममा उनको झोलामा कालो प्लास्टिकमा राखिएको लागुऔषध देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले मनोजको साथबाट ३० एम्पुल डाइजेपाम, ३२ एम्पुल फेनार्गन र ३२ एम्पुल नै बुप्रेनोर्फिन बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ कार्तिक २०८२, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ
दुई भारतीय नागरिक पक्राउ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ