काठमाडौ । बिहीबार साँझ सोलुखुम्बुमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।
साँझ साढे ७ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए।
माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनाबाट गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको हो। मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ।
दुर्घटनामा ६ जना घाइते भएका छन्। खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको गाडी फर्किने क्रममा दुर्घटनामा परेको हो।
घाइतेलाई उपचारका लागि राति नै वाकु अस्पताल पठाइएको डीएसपी कुँवरले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ कार्तिक २०८२, ०६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु