काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन तोकिएको समयमा हुनुपर्ने बताएका छन् । बुधबार उनले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउन आग्रह गरे ।
उनले भने, ‘निर्वाचन तोकिएको समयमा हुनुपर्छ। सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्छ। हिजो मात्रै दलहरूसँग भएको वार्ताबाट सरकार बिस्तारै निर्वाचनतर्फ गम्भीर हुँदै गएको आभास मिल्छ, तर अझै पनि आवश्यक वातावरण बनेको छैन ।’
‘प्रचण्ड’ले असाधारण परिस्थितिमा बनेको अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेकाले अब सबै दलहरू निर्वाचनमै केन्द्रित हुनुपर्ने बताए ।
निर्वाचनमा केन्द्रित हुनुपर्छ भनेर निर्णय गर्ने पहिलो पार्टी माओवादी केन्द्र नै रहेको दाबी गर्दै उनले जेनजी आन्दोलनपश्चात् काठमाडौँ उपत्यका बाहिर मधेश प्रदेशमा आएर सार्वजनिक कार्यक्रम गर्ने पहिलो पार्टी भएकोसमेत बताएका छन् । आज महोत्तरीको रामगोपालपुरमा माओवादी केन्द्रले पार्टी प्रवेश तथा जनसभा कार्यक्रम आयोजना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ कार्तिक २०८२, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’