चितवन । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा मंगबार साँझ बस र कार ठोकिँदा एक जनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन्।
नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना ३ ख ९९८६ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बीएबी ५००८ नम्बरको कार आपसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका सूचना अधिकारी डीएसपी रबिन्द्र खनालका अनुसार बसमा सवार रत्ननगर–१० की ३३ वर्षीया पूजा सुबेदीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो
दुर्घटनामा बसका चालकसहित नौ जना घाइते भएका छन्। उनीहरुको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये बस चालक रत्ननगर–२ का ३६ वर्षका सुरज कँडेलको अवस्था मध्यम छ।
दुर्घटनामा संलग्न कार चालक काठमाडौं तारकेश्वर नगरपालिका–१० का ४४ वर्षीय सुवास भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै सवारीसाधनलाई अनुसन्धानका नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ कार्तिक २०८२, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मनकामना दुर्घटना अपडेटः घाइतेको उद्धार ,७ जनाको घटनास्थलमै मृत्यु
दुर्घटनामा जिप चालकको मृत्यु
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु