पुटिनलाई शान्तिका लागि दबाब दिन जेलेन्स्किीको राष्ट्रपति ट्रम्पसँग आग्रह

एजेन्सी

सोमबार, ०३ कार्तिक २०८२, १० : ५१
पुटिनलाई शान्तिका लागि दबाब दिन जेलेन्स्किीको राष्ट्रपति ट्रम्पसँग आग्रह

एएफपी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो छिमेकी राष्ट्र रुस र यसका नेता भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न थप दबाब दिन आग्रह गरेका छन्। 

पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा जेलेन्स्कीले भने, “हमास र पुटिनमा केही समानता छन् तर हमासभन्दा उनी निकै बढी बलियो छन्। यो अझ ठूलो युद्ध हो र उनी विश्वको ‘दोस्रो शक्तिशाली’ सेना (नेता) हुन्।”

उनले थपे, “यसैले बढी दबाब आवश्यक पर्छ।” जेलेन्स्की वाशिंगटनको यात्राबाट फर्किएपछि अन्तर्वार्ता प्रसारित भएको थियो । जेलेन्स्किीले अमेरिकाबाट लामो दूरीको टोमाहक मिसाइल आपूर्ति गर्न असफल भएका छन् । 

प्रतिक्रिया दिनुहोस