एजेन्सी । गाजामा हमास-प्रशासित नागरिक रक्षाले उत्तरी गाजामा इजरायली ट्याङ्कको गोलाबारी बसमा ठोकिँदा ११ जनाको मृत्यु भएको बताएको छ। मृतकहरू एउटै परिवारका सदस्य थिए।
नागरिक रक्षाका अनुसार, घटना शुक्रबार राति गाजा सहरको जायटुन क्षेत्रमा भएको हो। जतिबेला त्यो परिवार आफ्नो घरतर्फ जाँदै थियो।
हालै युद्धविराम सुरु भएयता गाजामा यो सबैभन्दा घातक घटना हो।
इजरायली सेनाले भने गाजा र इजरायलबीचको सीमा 'पहेँलो रेखा' पार गर्ने 'शंकास्पद गाडी'मा गोली चलाएको बताएको छ। उक्त क्षेत्रलाई इजरायलले आफ्नो क्षेत्र मान्छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ कार्तिक २०८२, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबननमा इजरायलको आक्रमण, मारिए हिजबुल्लाहका कमान्डर
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो