काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बिहीवार भएको टेलिफोन कुराकानीमा ‘ठूलो प्रगति’ भएको बताएका छन् ।
दुवै पक्ष हङ्गेरीमा प्रत्यक्ष वार्ता गर्न सहमत भएको पनि उनले बताए ।मध्यअगस्टयता पहिलो पटक भएको पुटिनसँगको कुराकानी “निकै फलदायी“ रहेको उनले बताएका हुन्। ट्रम्पका अनुसार वाशिङ्टन र मस्कोका प्रतिनिधिहरूबीच आउँदो साता भेटघाट हुने छ।
ट्रम्पले पुटिनसँग बुडापेस्टमा हुने बैठकको मिति भने पुष्टि गरेनन्। क्रेम्लिनले उक्त “अत्यन्तै खुलस्त र भरोसायोग्य“ फोन वार्तापछि “तत्कालै“ शिखरवार्ताबारे काम सुरु हुने बताएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ह्वाइट हाउस जाने निर्धारित तालिकाको एक दिनअघि र ट्रम्पले रुसको भित्री भागसम्म हमला गर्न सक्ने ‘टमहक’ क्षेप्यास्त्र युक्रेनलाई दिने कि नदिने भन्ने सम्बन्धमा विचार गरिराखेका बेला उक्त फोन वार्ता भएको हो।
अमेरिका पुग्नासाथ जेलेन्स्कीले मस्को ‘टमहकको कुरा सुन्नासाथ पुनः वार्ता थाल्न हतारिएको’ टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०१ कार्तिक २०८२, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा
ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको चेतावनी
इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यक : ट्रम्प
ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक