काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बिहीवार भएको टेलिफोन कुराकानीमा ‘ठूलो प्रगति’ भएको बताएका छन् ।
दुवै पक्ष हङ्गेरीमा प्रत्यक्ष वार्ता गर्न सहमत भएको पनि उनले बताए ।मध्यअगस्टयता पहिलो पटक भएको पुटिनसँगको कुराकानी “निकै फलदायी“ रहेको उनले बताएका हुन्। ट्रम्पका अनुसार वाशिङ्टन र मस्कोका प्रतिनिधिहरूबीच आउँदो साता भेटघाट हुने छ।
ट्रम्पले पुटिनसँग बुडापेस्टमा हुने बैठकको मिति भने पुष्टि गरेनन्। क्रेम्लिनले उक्त “अत्यन्तै खुलस्त र भरोसायोग्य“ फोन वार्तापछि “तत्कालै“ शिखरवार्ताबारे काम सुरु हुने बताएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ह्वाइट हाउस जाने निर्धारित तालिकाको एक दिनअघि र ट्रम्पले रुसको भित्री भागसम्म हमला गर्न सक्ने ‘टमहक’ क्षेप्यास्त्र युक्रेनलाई दिने कि नदिने भन्ने सम्बन्धमा विचार गरिराखेका बेला उक्त फोन वार्ता भएको हो।
अमेरिका पुग्नासाथ जेलेन्स्कीले मस्को ‘टमहकको कुरा सुन्नासाथ पुनः वार्ता थाल्न हतारिएको’ टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०१ कार्तिक २०८२, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानी हमलाबाट मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्ने ट्रम्पको दाबी
'पाकिस्तान–अफगानिस्तान युद्धमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ' : ट्रम्प
विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
सर्वोच्चको फैसलाप्रति ट्रम्पको असन्तुष्टि, विश्वव्यापी आयातमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा
इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी
ट्रम्पले फेरि गरे १० प्रतिशत नयाँ भन्सार शुल्क घोषणा