काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर प्रधानमन्त्री कार्कीले आन्दोलनरत नर्सहरूको मागबारे जानकारी लिएको र तिनको समस्या तत्काल सम्बोधन हुने गरी आवश्यक कदम चाल्न निर्देशन दिएकी हुन्।
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समेत आफ्नै काँधमा भएकी प्रधानमन्त्री कार्कीले नर्सहरूको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित हुन नदिन आग्रह गर्दै प्रगतिबारे जानकारी दिन पनि सचिव देवकोटालाई निर्देशन दिइन्
प्रधानमन्त्री कार्कीले दक्ष जनशक्तिलाई न्यून पारिश्रमिकमा कार्यरत राख्नु उचित नभएको बताउँदै, समस्या समाधानमा ढिलाइ भएमा दक्ष नर्सहरू विदेश पलायन हुने जोखिम बढ्ने चेतावनी दिइन्
यसैबीच, कास्कीस्थित मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजका नर्सहरू स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाँचौँ तह बराबरको पारिश्रमिक दिनुपर्ने माग गर्दै आन्दोलनरत छन्। मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको पारिश्रमिक ३४ हजार ७३० रुपैयाँ हुनुपर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असोज २०८२, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की
असामान्य परिस्थितिमा पनि निर्वाचन गर्न सफल भएकोमा प्रधानमन्त्री कार्कीद्वारा खुसी व्यक्त
प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेट
प्रधानमन्त्री कार्कीद्वारा जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा अर्चना
कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की