काठमाडौँ। अन्तरिम सरकार गठन र प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा धमाधम रिट निवेदनहरू पेश हुने क्रम बढेको छ ।
सर्वोच्च अदालतका अनुसार, अहिलेसम्म ६ वटा रिट निवेदन पेश भइसकेका छन् भने अरू निवेदनहरू पनि पेश हुने क्रममा छन् ।
तीमध्ये केही रिट निवेदनमा सरकार गठनको प्रक्रियामा प्रश्न उठाएको र केहीमा प्रतिनिधि सभा विघटनमाथि प्रश्न उठेका बताइएको छ ।
गत भदौको जेनजी प्रदर्शनका कारण आगजनीबाट ध्वस्त भएपछि सर्वोच्च अदालतको कामकारवाही प्रभावित भएको थियो । गत आइतबारको पूर्ण बैठकले रिट निवेदनहरू दर्ता खुला गर्ने निर्णय गरेपछि रिट दर्ता हुने क्रम जारी छ l

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २८ असोज २०८२, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
पूर्व विशिष्ट पदाधिकारीविरुद्धको रिटमा अन्तरिम आदेश नदिने सर्वोच्चको निर्णय
शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना सुरु नगर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
दुर्गा प्रसाईँलाई कारबाही गर्ने आयोगको फाइल मगाउन सर्वोच्चको आदेश