संसद् विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्चमा रिट निवेदनहरू पेश हुने क्रम बढ्यो

रासस

मंगलबार, २८ असोज २०८२, १२ : ३१
संसद् विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्चमा रिट निवेदनहरू पेश हुने क्रम बढ्यो

काठमाडौँ। अन्तरिम सरकार गठन र प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा धमाधम रिट निवेदनहरू पेश हुने क्रम बढेको छ ।

सर्वोच्च अदालतका अनुसार, अहिलेसम्म ६ वटा रिट निवेदन पेश भइसकेका छन् भने अरू निवेदनहरू पनि पेश हुने क्रममा छन् ।

तीमध्ये केही रिट निवेदनमा सरकार गठनको प्रक्रियामा प्रश्न उठाएको र केहीमा प्रतिनिधि सभा विघटनमाथि प्रश्न उठेका बताइएको छ ।

गत भदौको जेनजी प्रदर्शनका कारण आगजनीबाट ध्वस्त भएपछि सर्वोच्च अदालतको कामकारवाही प्रभावित भएको थियो । गत आइतबारको पूर्ण बैठकले रिट निवेदनहरू दर्ता खुला गर्ने निर्णय गरेपछि रिट दर्ता हुने क्रम जारी छ l 

प्रतिक्रिया दिनुहोस