एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्ट, कतार र टर्कीका नेताहरूले गाजामा शान्ति पुनर्स्थापना गर्ने घोषणापत्रमा हस्ताक्षर गरेका छन्।
सोमबार इजिप्टको सर्म अल-शेखमा २० भन्दा बढी देशका नेताहरूको उपस्थितमा आयोजित सम्मेलनमा उनीहरूबीच हस्ताक्षर भएको बीबीसीले उल्लेख गरेको छ।यस अवसरमा ट्रम्पले भने, ‘एउटा नयाँ र सुन्दर दिन उदाइरहेको छ; पुनर्निर्माण अब सुरु हुँदै छ।’
उनले इजरायल र हमासबीच युद्धविराम गराउन मद्दत गरेकामा मध्यपूर्वी देशका नेताहरूको प्रशंसा गरे।
यसैबीच इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले यो दिनलाई ‘ऐतिहासिक’ भनेका छन्।
सोमबार ट्रम्पको गाजा शान्ति योजनाको पहिलो चरणको एक भागका रूपमा इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरू आदानप्रदान गरिएको छ।
सम्झौताअन्तर्गत हमासले सोमबार २० जीवित र ४ जना मृत बन्धक फिर्ता गरिसकेको छ। अब उसले २४ इजरायली बन्धकको शव फिर्ता गर्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २८ असोज २०८२, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै
पाकिस्तानको प्रशंसा गर्दै ट्रम्पले भने– 'म इस्लामावाद जान सक्छु'
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरे परिणाम राम्रो नहुने ट्रम्पको चेतावनी
ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन : इरानविरुद्धको सैन्य अभियान अन्तिम चरणमा पुगेको दाबी