एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्ट, कतार र टर्कीका नेताहरूले गाजामा शान्ति पुनर्स्थापना गर्ने घोषणापत्रमा हस्ताक्षर गरेका छन्।
सोमबार इजिप्टको सर्म अल-शेखमा २० भन्दा बढी देशका नेताहरूको उपस्थितमा आयोजित सम्मेलनमा उनीहरूबीच हस्ताक्षर भएको बीबीसीले उल्लेख गरेको छ।यस अवसरमा ट्रम्पले भने, ‘एउटा नयाँ र सुन्दर दिन उदाइरहेको छ; पुनर्निर्माण अब सुरु हुँदै छ।’
उनले इजरायल र हमासबीच युद्धविराम गराउन मद्दत गरेकामा मध्यपूर्वी देशका नेताहरूको प्रशंसा गरे।
यसैबीच इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले यो दिनलाई ‘ऐतिहासिक’ भनेका छन्।
सोमबार ट्रम्पको गाजा शान्ति योजनाको पहिलो चरणको एक भागका रूपमा इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरू आदानप्रदान गरिएको छ।
सम्झौताअन्तर्गत हमासले सोमबार २० जीवित र ४ जना मृत बन्धक फिर्ता गरिसकेको छ। अब उसले २४ इजरायली बन्धकको शव फिर्ता गर्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २८ असोज २०८२, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा
ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको चेतावनी
इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यक : ट्रम्प
ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक