राष्ट्रिय सभा अध्यक्ष दाहाल जेनेभा जाँदै

सफल खबर संवाददाता

सोमबार, २७ असोज २०८२, १० : ५८
राष्ट्रिय सभा अध्यक्ष दाहाल जेनेभा जाँदै

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल जेनेभा जाने भएका छन् ।

अन्तर व्यवस्थापिका मञ्चको १ सय ५१ औँ सम्मेलनमा भाग लिन अध्यक्ष दाहाल असोज ३१ गते जेनेभा जाने भएका हुन् । आइतबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग उनले भेट गरेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा आईपीयूमा उठाउने विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्री कार्कीले बदलिएको पछिल्लो अवस्थाबारे राम्रोसँग विषय राख्न अध्यक्ष दाहाललाई सुझाएकी छन् ।

‘अन्तर्राष्ट्रिय फोरमहरूमा जानुपर्छ, नेपालको अवस्थाबारे राम्रोसँग राख्नुपर्छ’, प्रधानमन्त्रीको भनाइबारे अध्यक्ष दाहालले निकटस्थहरूसँग ब्रिफिङ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस