काठमाडौँ । नेपाल वायु सेवा निगममा भएको बेथितिविरुद्ध जेनजी टिमले नेपाल नागरिक उड्डयन प्राधिकरणदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मलाई ज्ञापनपत्र बुझाएको छ ।
अर्जुन शाही, मिराज ढुंगानालगायतको जेनजी टिमले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, नेपाल वायुसेवा निगम युवराज अधिकारी, महान्यायाधिवक्ता, महालेखा परीक्षक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा नेपाल सरकारका सम्बन्धित निकायहरूमा नेवानीमा भएको बेथिति अन्त्य गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरूले नेवानीको भ्रष्टाचार तथा घोटलाहरुको छानबिन गरी पारदर्शी र जनहितमुखी सेवा प्रवाहको लागि आवश्यक कदम चाल्न ५ बुँदे माग गरेका छन् ।
उनीहरूले वाइडवडी र लाउडा एयर घोटालासहित सबै भ्रष्टाचार प्रकरणहरूको स्वतन्त्र छानबिन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, २०४७ सालपछि नियुक्त सबै कर्मचारी र पदाधिकारीहरूको सम्पत्ति विवरण २१ दिनभित्र सार्वजनिक गरिनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असोज २०८२, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन
जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
जेनजीसँगको वार्तापछि सामान्य बन्दै सिमरा