जेनजी आन्दोलनमा गोली हान्ने आदेश नदिएको पूर्व गृहमन्त्री लेखकको प्रष्टीकरण

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०८२, १६ : ५४
जेनजी आन्दोलनमा गोली हान्ने आदेश नदिएको पूर्व गृहमन्त्री लेखकको प्रष्टीकरण

काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेखकले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चाहरू उठेका छन् । यो प्रधानमन्त्रीले गृहमन्त्रीले कुनै पनि रूपमा आदेश गर्ने विषय होइन । त्यस्ता खालका कुनै आदेश पनि गरिएको छैन,’ उक्त आन्दोलनपछि पहिलो पटक मिडियामा सार्वजनिक भएका लेखकले भने ।

लेखकले सोही बेलामा पनि घुसपैठ भएको विषय सत्य देखिएको समेत बताए ।

‘घुसपैठ भएको विषय मैले नै भनिरहेको विषय होइन । स्वयं प्रदर्शनका आयोजकहरूले नै भनिरहेको विषय थियो,’ लेखकले भने, ‘त्यो पछि यथार्थमा सत्य देखियो । जसका कारणले यत्रो ठूलो पीडादायी घटना भए ।’

प्रतिक्रिया दिनुहोस