काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछि पनि हिजो सत्तामा रहेकाहरूको अहंकार अझै नगएको देख्दा दुःख लागेको बताएका छन्।
काठमाडौँमा सम्पादकहरूसँगको संवादमा ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी ओलीलाई संकेत गर्दै अझै सत्तामा हुँदाजस्तै अहंकार देखाएको बताए।
उनले भने, ‘हिजो सत्ताको नेतृत्व गर्ने पार्टीका साथीहरूको अहंकार अझै गएको छैन। जनताको भावना र आवश्यकतालाई भन्दा आफ्नो मनोगत अहंकार नै आत्मरति गर्ने प्रवृत्ति अझै पनि देखिनु यो देशका लागि कम दुर्भाग्य होइन।’
उनले यो घटनापछि आफूहरूले जेनजी युवाहरूको मागलाई सम्बोधन गर्ने गरी पार्टीले मार्गचित्र तय गरेको पनि बताए। जेनजीहरूको मागमा माओवादीले समर्थन गरेको बताए।
उनले विगतमा सत्तामा हुँदा काँग्रेस एमालेले सत्ताको अहंकार देखाएकै कारणले अहिलेको परिस्थिति आएको औँल्याए। यस्तो परिस्थिति आउन सक्ने भन्दै सरकारलाई आफूहरूले निरन्तर खबरदारी गराउँदा पनि नसुनेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असोज २०८२, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’