काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर सद्भाव यात्रा गर्ने भएको छ । तिहार लगत्तै हिमाल, पहाड र तराईमा तीन चरणमा सद्भाव यात्रामा निस्कने गरी कार्यक्रम तय गर्दैछ ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आज बस्ने सचिवालय बैठकमा यो विषयमा थप छलफल हुनेछ । पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बिहान ११ बजे सचिवालय बैठक बस्दै छ । बैठकबाट तीन चरणमा सद्भाव यात्रा गर्ने गरी मिति तय गरिनेछ ।
प्रवक्ता झाका अनुसार समाजमा अहिले द्वन्द्व छ । राज्य र समाजलाई जोड्नुपर्ने छ । मानिसहरूलाई एक अर्कोप्रति विश्वास आर्जन हुने वातावरण बनाउनु छ र एक अर्कोप्रति सद्भाव कायम गर्ने अवस्था सिर्जना गर्नुछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असोज २०८२, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको दोहोरै नीति : फरक व्यवहार, एकै ऐनामा दुई अनुहार
मधेसमा रास्वपाको नजर किन ? यस्ता छन् कारण
दल बदलेर रास्वपाबाट उम्मेदवार बन्नेको लर्काे
झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप
रास्वपाबाट आशिका तामाङको उम्मेदवारी तय
बालेनले काठमाडौंको मेयरबाट आजै राजीनामा दिदै