काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले सरकारलाई पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन् ।
मन्त्रालयमा भएको छलफल पछि यस्तो निर्णय भएको उनले सामाजिक सञ्जालबाट बताएका हुन्।
मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको थियो । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइएको थियो । तर, सार्वजनिक गरिएको थिएन ।
यस्तै मन्त्री पुनले नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरूको उपचारमा प्रयोग हुने अतिआवश्यक रेडियोधर्मी औषधिहरूको उत्पादन नेपालमै गर्नको लागि आणविक अनुसन्धान केन्द्र (औषधि उपचारको लागि मात्र) तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाउने निर्णय भएको जानकारी दिएका छन् ।
यस्तैगरी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पुर्नसंरचना गरेर त्यहाँबाट सक्षम जनशक्ती उत्पादन गर्न सक्ने बनाउनको लागि कार्यदल बनाउने निर्णय भएको पनि उनले बताए।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा वैज्ञानिक अनुसन्धान र नवप्रवर्तन गर्ने कामलाई उपलब्धिमूलक बनाउन, प्रतिभाशाली नेपालीहरूलाई तान्न र संस्थालाई प्रभावकारी रूपमा काम गर्न सक्ने बनाउन आवश्यक सुधार र पुर्नसंरचना गर्न कार्यदल बनाउने निर्णय भएको उनले बताए।
नेपाल संस्कृत विश्वविद्यालयमा रिक्त रहेको सेवा आयोगको पदाधिकारीहरूको रिक्त स्थानमा नियमानुसार तुरुन्त नियुक्ति गर्नेबारे पनि मन्त्रालयले छलफल अगाडि बढाएको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असोज २०८२, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा मन्त्रालयद्वारा पाठ्यक्रम सुधारका लागि विज्ञ कार्यदल गठन
भर्ना शुल्क विवाद र शैक्षिक समन्वयबारे शिक्षा मन्त्रालयले सरोकारवालासँग छलफल गर्ने
जेन जेड घाइतेलाई नि:शुल्क एमबीबीएस अध्ययनको अवसर नियम विपरीत छैन : शिक्षा मन्त्रालय
सार्वजनिक बिदाबारे फैलाइएको भ्रामक सूचनाप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण
ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षा सञ्चालन रोक्न शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा मन्त्रालयद्वारा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन माग