काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको बैठक आज बिहान ११ बजेबाट बस्दैछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक चार घण्टा बस्नेछ ।
असोज २२ गतेको बैठकको निरन्तरता स्वरूप आज पुन बैठक बस्न लागेको झाको भनाइ छ ।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकमा चारवटा कार्यसूचीमाथि छलफल हुनेछ । विस्तारित बैठकको एजेन्डा तथा व्यवस्थाबारे, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान,सद्भाव यात्राको कार्यसूची र विविध बैठकका कार्यसूची रहेका छन् ।
रास्वपाले आगामी कात्तिक १४ र १५ गते बस्नेगरी विस्तारित बैठक बोलाएको छ । उक्त बैठकले आगामी महाधिवेशनको टुङ्गो लगाउने बताइएको छ । त्यस्तै रास्वपाले फागुन ७, ८ र ९ गते पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असोज २०८२, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको दोहोरै नीति : फरक व्यवहार, एकै ऐनामा दुई अनुहार
मधेसमा रास्वपाको नजर किन ? यस्ता छन् कारण
दल बदलेर रास्वपाबाट उम्मेदवार बन्नेको लर्काे
झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप
रास्वपाबाट आशिका तामाङको उम्मेदवारी तय
बालेनले काठमाडौंको मेयरबाट आजै राजीनामा दिदै