काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको बैठक आज बिहान ११ बजेबाट बस्दैछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक चार घण्टा बस्नेछ ।
असोज २२ गतेको बैठकको निरन्तरता स्वरूप आज पुन बैठक बस्न लागेको झाको भनाइ छ ।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकमा चारवटा कार्यसूचीमाथि छलफल हुनेछ । विस्तारित बैठकको एजेन्डा तथा व्यवस्थाबारे, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान,सद्भाव यात्राको कार्यसूची र विविध बैठकका कार्यसूची रहेका छन् ।
रास्वपाले आगामी कात्तिक १४ र १५ गते बस्नेगरी विस्तारित बैठक बोलाएको छ । उक्त बैठकले आगामी महाधिवेशनको टुङ्गो लगाउने बताइएको छ । त्यस्तै रास्वपाले फागुन ७, ८ र ९ गते पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असोज २०८२, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित
रास्वपा दैलेख अधिवेशनपछि विवाद
रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
सत्तारुढ दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत