हुम्ला । अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध हुन पुगेको छ ।
नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन् ।
सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ । सडकमा जमेको हिउँ पन्छाउन चार दिन लाग्ने उनले बताए ।
समुद्र सतहबाट न्यालु पाँच हजार मिटरको उचाइमा छ । हिमपातका कारण तिल, हल्जी र जाङका बासिन्दा अधिक प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असोज २०८२, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै
अमेरिकामा भीषण हिमपात : ४८ वर्ष पुरानो रेकर्ड तोडियो, जनजीवन ठप्प
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
रुकुम पूर्वमा हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध
कर्णालीमा हिमपात सुरु
पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात