एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको कब्जामा रहेका बन्धकहरू आउने सोमबार वा मंगलबारसम्ममा छुट्ने बताएका छन्।
बिहीबार गाजामा युद्धविराम र बन्धक रिहाइका लागि इजरायल र हमासबीच सहमति भएको घोषणा गरेका ट्रम्पले वासिङ्टन डीसीमा मन्त्रिपरिषद् बैठकमा सहभागी हुने क्रममा उक्त कुरा बताएका हुन्।
बिहीबार उनले भने, 'सबै इजरायली बन्धक (नेपाली विपिन जोशी पनि) सोमबार वा मंगलबार रिहा गरिनेछ।'
यस क्रममा उनले आफू गाजा युद्ध रोक्न सफल भएको दाबी पनि गरे।
ट्रम्पले भने, 'हामी गाजा युद्ध रोक्न सफल भयौं र आशा गर्छौं कि अब मध्य पूर्वमा दिगो शान्ति आउनेछ।'
उनले आफू इजिप्ट जाने सम्झौतामा हस्ताक्षर गर्ने जानकारी पनि दिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २४ असोज २०८२, ०६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा
ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको चेतावनी
इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यक : ट्रम्प
ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक